दुई थान स्वचालित पेस्तोलसहित एक जना पक्राउ
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–२ चतरीघाटबाट प्रहरीले २ थान स्वचालित पेस्तोलसहित पक्राउ परेका एक युवकलाई विहिवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले कल्यापुर नगरपालिका– ३ पर्साहीका २१ वर्षीय अहमद मियाँलाई बुधबार अपरान्ह पक्राउ गरेको थियो ।
प्रहरीको गस्ती टोलीलाई देख्दा शंकास्पद व्यवहार देखाएकापछि प्रहरीले चेक जाँच गर्ने क्रममा उनको सातबाट दुई थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने म्यागेजिन बरामद गरेको जनाएको छ ।
प्रहरीले अहमदको साथबाट मेडइन यूएसए लेखिएको ७ एमएम लेखिएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने खाली म्यागेजिन एक थान र प्रहरीलाई देख्ने वित्तिकै नजीकै धानखेतमा फालेको फोटरी ब्राटा यूयसए ९ एमएम लेखिएको अर्को स्वचालित पेस्तोल र त्यसमा लाग्ने खाली म्यागेजिन फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज वोहराले जानकारी दिए ।
प्रहरीले उनले प्रयोग गरेको एक थान मोवाईल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका अहमदलाई आजै जिल्ला अदालतमा म्याद थपाई थप अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा युवती पक्राउ
-
१० वर्षपछि पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा अन्तिम सुनुवाइतिर
-
उपेन्द्र यादवको दल संसदमा प्रतिपक्षको बेन्चमा बस्दै
-
घट्यो सुनको मूल्य, चाँदीको बढ्यो
-
गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
-
बानेश्वरमा फल्चा शैलीको बस बिसौनी