दुई थान स्वचालित पेस्तोलसहित एक जना पक्राउ
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–२ चतरीघाटबाट प्रहरीले २ थान स्वचालित पेस्तोलसहित पक्राउ परेका एक युवकलाई विहिवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले कल्यापुर नगरपालिका– ३ पर्साहीका २१ वर्षीय अहमद मियाँलाई बुधबार अपरान्ह पक्राउ गरेको थियो ।
प्रहरीको गस्ती टोलीलाई देख्दा शंकास्पद व्यवहार देखाएकापछि प्रहरीले चेक जाँच गर्ने क्रममा उनको सातबाट दुई थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने म्यागेजिन बरामद गरेको जनाएको छ ।
प्रहरीले अहमदको साथबाट मेडइन यूएसए लेखिएको ७ एमएम लेखिएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने खाली म्यागेजिन एक थान र प्रहरीलाई देख्ने वित्तिकै नजीकै धानखेतमा फालेको फोटरी ब्राटा यूयसए ९ एमएम लेखिएको अर्को स्वचालित पेस्तोल र त्यसमा लाग्ने खाली म्यागेजिन फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज वोहराले जानकारी दिए ।
प्रहरीले उनले प्रयोग गरेको एक थान मोवाईल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका अहमदलाई आजै जिल्ला अदालतमा म्याद थपाई थप अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण