विमलसहित चार फुटबल खेलाडीलाई सागमा पनि प्रतिबन्ध
काठमाडौं । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं सागमा पनि विमल घर्तीमगर सहित चार खेलाडीलाई प्रतिबन्ध गर्न लागेको एन्फा श्रोतले बताएको छ । सागको तयारी टोलीमा विमल सहित यसअघि कुवेतसँगको खेलमा प्रतिबन्धको कारबामा परेका अन्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई समावेश गरिएको छैन ।
सन्तोष भने यसअघि सागको तयारी टोलीमा थिएनन् । ‘खेलाडीले डिस्को र नाइट क्लब गएको मात्र होइन । अन्य गम्भीर अनैतिक कार्य गरेको खबर पनि आएको छ । अनुशासन समितिले छानविन गरिरहेको छ । त्यसको रिपोर्ट आएपछि थप ठूलो कारबाही हुन सक्नेछ,’ एन्फा श्रोतले भन्यो ।
यी चार खेलाडीलाई दुई बर्षसम्म प्रतिबन्ध कारबाही हुनसक्ने समेत श्रोतले बतायो । यी खेलाडी विनै भुटानमा कुवेतसँग नेपाली टोलीले राम्रो खेलेको पनि एन्फा श्रोतले जनाएको छ ।
तटस्थ भेन्यु भुटानमा भएको विश्वकप छनोटको दोस्रो खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको थियो ।
यसअघि कुवेतमा खेलिएको पहिलो खेलमा भने नेपालले कुवेतसँग ७–० गोलको अप्रत्यासित हार खेपेको थियो । पछिल्लो समय नेपाली खेलाडीको अप्रत्यासित नतिजालाई लिएर पनि भित्रभित्रै अनुसन्धान भईरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण