यौनशोषणको आरोप लागेका अनु मलिक ‘इन्डियन आइडल’ नफर्कने
संगीतकार अनु मलिक टेलिभिजनको लोकप्रिय रियालीटी शो ‘इन्डियन आइडल’ को सीजन ११ मा नर्फकने बताइएको छ ।
भारतका केही सञ्चार माध्यमहरुले उनी ३ हप्ताको छुट्टीमा रहेको र तीन हप्तापछि शोमा फर्किने समाचार प्रकाशित गरेका थिए ।
उनीमाथि लागेको यौन शोषण गरेको आरोपका कारण शोबाट निकालिएको थियो ।
बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो । आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो ।
आयोगले सोनी इन्टरटेनमेन्ट टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो ।
दैनिक भास्करका अनुसार अब अनु मलिक उक्त शोमा फर्किने छैनन् । सोनी टेलिभिजनले अनु मलिक शोमा नफर्किने जानकारी दिएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण