शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकार प्रतिवद्ध छ : गृहमन्त्री थापा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी गृहमन्त्री थापाले दिए ।
शुक्रबार काठमाडौँमा आयोजित ‘अन्तर्राष्ट्रिय बैद्ध एकता सम्मेलन’लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्नपनि शान्ति आवश्यक रहेको बताए ।
गृहमन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्वहरु देखिएपनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको समेत बताए ।
उनले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताए ।
सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भिमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरुले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने बताए ।
विभिन्न देशबाट सहभागि रहेका बौद्ध भिच्छु लामाहरुको यो सम्मेलन दुई दिन सम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण