पाकिस्तानमा किन चर्चामा छ नवाज शरिफकी छोरीको मौनता ?
पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजको मौनता आजकाल चर्चाको विषय बनेको छ ।
मरियम नवाज आफ्नो पार्टी पाकिस्तान मुस्लिम लीग–नवाजको सबैभन्दा मुखर नेतामध्ये एक हुन् र उनी आफ्नो परिवारमाथि लाग्ने आरोपमाथि खुलेर जवाफ दिइरहन्छिन् । तर प्रधानमन्त्री इमरान खानको तर्फबाट उनको पितामाथि लगाइएको ताजा टिप्पणीपछि पनि मरियमको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
प्रधानमन्त्री इमरान खानले भनेका थिए, ‘यस्तो लाग्छ कि लण्डन जाने विमानलाई देखेर नवाज शरिफको स्वास्थ्यमा सुधार आएको छ ।’
वास्तवमा, भ्रष्टाचारको मामलामा सजाय काटिरहेका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई हालै लण्डन लैजानका लागि सहमती दिइएको थियो ।
यसैबीच मरियमको मौनताको विषयमा उठिरहेको प्रश्नको विषयमा उनको पार्टीले भनेको छ, ‘प्रधानमन्त्री इमरान खानले यदि यसैगरी मरियमका पिताको आलोचना गरिरहन्छन् त उनी धेरै समयसम्म चुप बस्ने छैनन् ।’
पाकिस्तान मुस्लिम लीग–नवाजकी प्रवक्ता मरियम औरंगजेबले भनेकी छिन्, ‘पूर्व प्रधानमन्त्रीकी छोरी आफ्नो बुवा बिरामी भएपछि चिन्तित छिन् । मरियमका लागि पिता सबैभन्दा महत्वपूर्ण छन् त्यसकारण यतिबेला उनको स्वास्थ्यमा नै ध्यान दिन आवश्यक छ ।’
पार्टीकी प्रवक्ताले मरियम भावनात्मक रुपमा ठिक भएपछि पक्कै पनि बोल्ने बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण