व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप (भिडियो)
काठमाडौँ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।
अनियमितता गरेको आरोप लगाउँदै नेमकिपा नेतृत्वको भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेपछि प्रमुख दुई दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएका थिए ।
अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीले नगरपालिकाले स्वायत्त संस्थामाथि अनधिकृत हस्तक्षेप गरी आफूहरूलाई पाखा लगाएको गुनासो छ । अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति निकाल्दै अनियमितता भए आफूहरूमाथि छानबिन गर्न र दोषी देखिए कारबाही गर्न आग्रह गरेका थिए ।
भक्तपुर क्यान्सर अस्पताल संस्था दर्ता ऐन, ०३४ अन्तर्गत गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएको नेपाल अर्बुद रोग निवारण संस्थाले दाताको सहयोगमा सञ्चालन गरेको सामुदायिक अस्पताल हो । संस्थाको विधानअनुसार ४२ जिल्ला शाखासमेत रहेको संस्थाको अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वतः रहने व्यवस्था छ ।
अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा रहेको संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडालगायतले अस्पतालमा उपकरण खरिद र सञ्चालन, फार्मेसी सञ्चालन र सफाइ कर्मचारी नियुक्तिमा अनियमितता गरेको आरोप छ ।
अस्पतालमा अनियमितता भए छानबिन हुनुपर्नेमा नगरपालिकाको नेतृत्व भएकै आधारमा मेयरले पार्टीगत रूपमा एकलौटी नेतृत्व हत्याउने र कब्जा जमाउने कोसिस भएको काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण