धादिङबाट पाटे बाघको छालासहित ६ जना पक्राउ
धादिङ । धादिङ प्रहरीले पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको छ।
गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे भन्ने ठाउँबाट शनिबार साँझ सोही गाउँपालिका वडा नम्बर ३ का भाईराम प्रजा, राजेन्द्र तामाङ, ज्ञान बहादुर बिक, आशिष तामाङ तथाबेनिघाट रोराङ गाउँपालिका २ का सन्त तामाङ र राज कुमार तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राई र ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
मोटरसाइकलमा सवार ६ जना व्यक्तिहरुलाई प्रहरीले खानतलासी गर्दा बा १८ प ९६९३ नम्बरको मोटरसाइकल चालक प्रजा र पछाडी सवार राजेन्द्र तामाङले बोकेको झोलाभित्र ७ फिट २ इन्च लम्बाई‚ १ फिट ३ इन्च चौडाई भएको पाटे बाघको छाला १ थान फेला परेको थियो ।
त्यसपछि अन्य ४ जनाको पनि संलग्नता रहेको खुलेपछि उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण