आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पत्रकारहरु गिरफ्तार हुने क्रम बढेको भन्दै महासंघद्वारा चिन्ता व्यक्त

आइतबार, ०८ मङ्सिर २०७६, १८ : ५६
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।  आइतबार काठमाडौँमा पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कोणसभामा महासंघका महासचिव रमेश विष्टले चिन्ता व्यक्त गरे । ५२ सालयता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरुले न्याय पनि नपाएको बताए । हत्याजस्तो जघन्य अपराधमा दोषी देखिएका व्यक्तिहरु कारबाही पर्नुको सट्टा राजनैतिक संरक्षण पाएर खुलेआम हिँडेको बताए । 

पछिल्लो समय पत्रकारहरुलाई गिरफ्तारी गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुकदर्शक बन्ने कारणले दण्डहिनता बढेको महासचीव बिष्टले बताए । अहिले पत्रकारहरु  सामाजिक रुपमा असुरक्षित बन्ने तथा सरकार समेत विभिन्न विधेयकमार्फत समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव बिष्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप