पत्रकारहरु गिरफ्तार हुने क्रम बढेको भन्दै महासंघद्वारा चिन्ता व्यक्त
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । आइतबार काठमाडौँमा पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कोणसभामा महासंघका महासचिव रमेश विष्टले चिन्ता व्यक्त गरे । ५२ सालयता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरुले न्याय पनि नपाएको बताए । हत्याजस्तो जघन्य अपराधमा दोषी देखिएका व्यक्तिहरु कारबाही पर्नुको सट्टा राजनैतिक संरक्षण पाएर खुलेआम हिँडेको बताए ।
पछिल्लो समय पत्रकारहरुलाई गिरफ्तारी गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुकदर्शक बन्ने कारणले दण्डहिनता बढेको महासचीव बिष्टले बताए । अहिले पत्रकारहरु सामाजिक रुपमा असुरक्षित बन्ने तथा सरकार समेत विभिन्न विधेयकमार्फत समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव बिष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण