काठमाडौँ महानगरः सडक मानवमुक्त महानगर घोषणा हुँदै
सोमबार, ०९ मङ्सिर २०७६, ०७ : ०९
काठमाडौँ महानगरपालिका ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा हुने भएको छ । महानगरपालिकाले २५ औँ महानगर दिवसको अवसर पारेर सो घोषणा गर्न लागिएको महानगरले जनाएको छ ।
काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौँको संयुक्त प्रयासबाट सहयोगापक्षी सडक मानवमुक्त महानगर घोषणा गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
महानगरको ३ मंसिरमा बसेको ३८ औँ नगर कार्यपालिकाको बैठकबाट यससम्बन्धी निर्णय गरेको जनाएको छ । महानगर र आश्रमको सहकार्यमा विगत दुई वर्षदेखि सडकमा रहेका वेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण,औषधोपचार तथा परिवारमा पुर्नमिलन गराउने कार्य हुँदै आएको छ । यो समाचार आजकोे राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण