‘वर्षौदेखि मिचिएको हाम्रो देशको माटो, एक–एक हिसाब गरी फिर्ता लिनुपर्छ’
भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी लगायत नेपालको केही भुभाग आफ्नो भनेर समेटेपछि देशमा त्यसको चौतर्फी विरोध भइरहेको छ ।
यस्तैमा कलाकारहरुको एक समूहले देशभक्तीपूर्ण, राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी’ बजारमा ल्याएका छन् ।
नेपालका विभिन्न स्थानका सीमा क्षेत्र अतिक्रमण बढ्न थालेपछि कलाकारहरु एकमुख भएर छिमेकी देशलाई गीत मार्फत सचेत गराएका हुन् । ज्ञानेन्द्र गदालको शब्द रहेको गीतमा यम बराल र रीता गुरागाईंको आवाज छ । गीतमा संगीत चेतन सापकोटाले दिएका छन् ।
गीतको भिडियो पनि बनेको छ । भिडियोमा नेपालका राष्ट्रिय सभाकी सांसद कोमल वली, पूर्व डिआइजी रमेश खरेल, नेपालकी प्रथम नायिका भुवन चन्द, दीपकाराज गिरी, दीपाश्री निरौला लगायत थुप्रै कलाकारको समेत अभिनय रहेको छ ।
गीतको भिडियो संगीतकार चेतन सापकोटा आफैले तयार गरेका हुन् । मदन घिमिरेको छायाँकन भिडियो मार्फत हालसम्म सीमा अतिक्रमणका घटनाहरू जे–जति भएपनि सम्पूर्ण नेपाली मिलेर मिचिएको भूमि फिर्ता गर्नुपर्ने माग राखिएको छ ।
गीतले भनेको छः
‘हिमाल पहाड तराई मधेस सबै उठ्नुपर्छ,
देशको सीमा जोगाउन सबै जुट्नुपर्छ ।
वषौंदेखि मिचिएको हाम्रो देशको माटो
एक–एक हिसाब गरी फिर्ता लिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण