नव विवाहितलाई लक्षित गर्दै अमेजनले बेच्दै छ ‘भर्जिनिटी पिल्स’
अमेजनले नव विवाहितलाई लक्षित गर्दै ‘भर्जिनिटी पिल्स’ बेच्न थालेपछि भारतमा अत्यधिक विरोधको सामना गर्नुपरेको छ ।
‘आइ–भर्जिन’ नाम दिइएको उक्त विवादास्पद सानो क्याप्सुलमा अचम्मको ‘रगतको धुलो’ छ जुन मानिसको रगतजस्तै देखिन्छ । आफू भर्जिन छु भनेर देखाउनका लागि प्रयोगकर्ताले यौन सम्बन्ध स्थापित गर्नु दुई घण्टा अघि आफ्नो योनीभित्र प्रवेश गराउनुपर्नेछ । यो प्रयोग गर्दा कुनै पनि हानी नहुने र यो ‘उच्च गुणस्तरको रगत’ मज्जाले घोलिने अमेजनले बताएको छ । यस्ता उत्पादन बिक्रि गरेर अमेजन इन्डियाले शताब्दी पुरानो कुप्रथालाई समर्थन गरेको आरोप लगाइएको छ ।
अमेजनले यसअघि पनि यस्तै उत्पादन वर्षौंअघि देखि युरोपियन स्टोरमा जर्मनी कम्पनी भर्जिनियाकेयरसँग मिलेर नक्कली हाइमेनसमेत बेच्दै आएको छ ।
आइभर्जिन क्याप्सुल भारतमा ५० डलर (५ हजार ७ सय) प्रति प्याकेटमा बेचिएको बताइएको छ । तर अहिले यो विवादास्पद उत्पादन स्टोरबाट हटाइएको पनि जानकारीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण