सीटीईभिटीले घरेलु तथा साना उद्योग महासंघसँग मिलेर प्राविधिक तालिमि सञ्चालन गर्ने
काठमाडौंं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी)ले दक्ष जनशक्ति उत्पादनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ(एफएनसिएसआई)सँग मिलेर प्राविधिक तालिम चलाउने भएको छ । वर्तमान समयमा औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई मध्यनजर गर्दै सिटिईभिटी र महासंघबीच समझदारी भएको हो ।
सोमबार राजधानीमा एक समारोहकाबीच सिटिइभिटी र महासंघबीच सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा सहमतीपत्र(एमओयु)मा हस्ताक्षर भएको छ । सहमति–पत्रमा सिटिइभिटीका तर्फबाट सदस्य सचिव डा.पुष्परमण वाग्ले र महासंघको तर्फबाट कार्यवाहक अध्यक्ष श्यामप्रसाद गिरीले हस्ताक्षर गरेका हुन् ।
देशमा चरम रोजगारीको अभाव, रोजगारीमा दक्ष जनशक्तिको अभाव र देखासिकीको अन्त गर्दै स्वावलम्बी सीपमुलक तालिम प्रदान गर्ने र मुलुकभित्रै उद्यमशीलताको विकास गर्ने उद्देश्यले दुई संस्थाबीच सहमति भएको हो । सिटिइभिटी र महासंघबीच ८ बुँदामा सहमति भएको छ । संघ÷प्रदेश र ७ सय ५३ ओटै स्थानीय तहमा जनशक्ति प्रक्षेपण कार्यक्रमहरु संचालन गर्नेदेखि कार्यक्रमको गुणस्तर सुनिश्चितताका लागि नियमित अनुगमन तथा निरिक्षण गर्ने सम्मको सहमति भएका छन् ।
यसै परिपेक्षमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु र महिला तथा युवाद्धारा सञ्चालित उद्यम व्यवसायमा आवश्यक सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण र सीपको आवश्यकता पहिचान गरी कार्यस्थलको सीकाईका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । साथै यसैको माध्यमबाट रोजगारीको सुनिश्चिता गरी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमलाई प्रभावकारी बनाउने उद्देश्य समेत राखिएको छ ।
परिषद् र महासंघबीचको सहकार्यले नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको आवश्यकता अनुरुप सीप पहिचान गरी कार्यस्थल सिकाइमा आधारित तालिम कार्यक्रम सञ्चालन गर्दा रोजगार सृजना र उद्योगहरुको स्तरोन्नती भई विद्यमान व्यापार घाटालाई कम गर्न सकिने दुईपक्षको अपेक्षा छ ।
हाल दैनिक औसतमा १७ सय युवाहरु रोजगारीको खोजीमा विदेशिने गरेको र नेपालको श्रम बजारमा करिब ५ लाखको हारहारीमा रोजगारीको खोजिमा युवाहरु रहेको विश्लेषण गरिएको छ । समग्र रोजगार बजारको क्षमता एकलाख भन्दा कम रहेको अवस्थामा यस किसिमको प्राविधिक तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने र तत् क्षेत्रमा रोजगारीको सृजना गर्दै स्वावलम्बी बन्ने विश्वास राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण