ग्लोबल आइएमई बैंकको जन्मभूमि घर कर्जा, ३ दिनमै कर्जा उपलब्ध हुने
काठमाडौं– ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा ल्याएको छ ।
यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आबश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइने छ ।
न्यूनतम ब्याजदरमा सुलभ र सहज रुपमा पाप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्नेछ ।
यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहित विभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई प्रदान गरिनेछ ।
जन्मभूमि घर कर्जा ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुनेछ ।
यससम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालयहरु तथा ग्लोबल आइएमई बैंकका बैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण