सन्दीप लामिछानेले साग नखेल्ने
काठमाडौ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । सन्दीपले स्वास्थ्यका कारण साग नखेल्न लागेका हुन् । सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपलाई डाक्टरले १५ दिन आराम गर्न सुझाएको सन्दीपमा म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।
सन्दीपको तिलगंगा अन्तर्राष्ट्रिय अस्पतालमा दुवै आँखाको शल्यक्रिया गरिएको छ । सन्दीप तीनसाता पछि खेलमा फर्कने पनि बताइएको छ । साग क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल मंसिर १७ गते श्रीलंकासँग खेल्ने भएको हो ।
नेपालले दोस्रो खेल मंसिर १९ गते भुटान, २० गते माल्दिभ्स र २१ गते बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा खेलाइने खेलमा शीर्ष दुई टोलीबीच फाइनल भीडन्त हुनेछ । पुरुष क्रिकेट टीयू मैदान कीर्तिपुरमा हुनेछ । साग क्रिकेटमा बलिया टोली भारत र पाकिस्तानले भाग लिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण