कम्युनिष्टको पालामा मुलुक आत्मनिर्भरतातर्फ : गुरुङ
कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा देश आत्मर्निभरतातर्फ उन्मुख भएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत नेकपा वडा पार्टी कमिटी पोखरा– १६ ले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उनले कम्युनिष्ट सरकार स्थापनाको दुई वर्षमा आर्थिक वृद्धिदर इतिहासकै उच्च विन्दुमा रहेको तथा आयात कम र निर्यात वृद्धि हुन थालेको बताए ।
पार्टी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले पाइपलाईनबाट इन्धन आयात, पानीजहाज लगायतका योजना शुरु हुनु तथा खाद्यान्नमा आत्मर्निभरताको बाटोमा देश अघि बढ्नुले वर्तमान सरकार सफलतातर्फ उन्मुख भएको दाबी गरे ।
लिपुलेक, लिम्पीयाधुरा र कालापानीको सीमा विवाद अन्तरराष्ट्रिय विषय भएकाले यसलाई कूटनीतिक तवरबाट हल गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सरकारले आवश्यक प्रक्रिया शुरु गरिसकेको जानकारी दिए ।
पार्टी केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेशका सह–इन्चार्ज खगराज अधिकारीले भूमि विद्येयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेकाले भूमिहीन र सुकुम्वासीलाई उचित आवासको प्रबन्ध गरिने बताए ।
नेकपाका उम्मेदवार विद्या भट्टराईले स्व.रवीन्द्र अधिकारीले कोरेको विकास र समृद्धिको खाका नै आफ्नो चुनावी एजेण्डा रहेको चर्चा गर्दै पोखरालाई विकास र समृद्धिको उच्चतम विन्दुमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
सभामा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज राजकाजी गुरुङ, केन्द्रीय सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष कृष्ण थापा लगायतले नेकपा उम्मेदवारको पक्षमा मत मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण