सन्दीपले खेल्ने ‘द हन्ड्रेड’ को खेल तालिका सार्वजनिक
एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक भएको छ । इङ्ल्यान्डड र वेल्समा सन् २०२० को १७ जुलाई देखि १५ अगस्टसम्म आयोजना हुने प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् । एकसय बलको हुने ‘द हन्ड्रेड’ मा पहिलो खेल सन्दीप आबद्ध टोली ओभलले वेल्स फाएरसँग जुलाई १७ मा खेल्नेछ ।
दोस्रो खेल ओभलले म्यानचेस्टर ओरिजिन्लससँग जुलाई २५, जुलाई २६ मा साउदर्न ब्रेभ, २९ मा लन्डन स्प्रिट, अगस्ट २ मा ट्रेन्ट रकेट्स, अगस्ट ६ मा लन्डन स्प्रिट र अन्तिम खेल अगस्ट ११ मा बर्मिङ्घम फोनेक्ससँग खेल्नेछ । यसअघि इन्भेन्सीबल्सले सन्दीपलाई एकलाख पाउण्ड (करिब एक करोड ४७ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।
विश्वका ठूला फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै सर्वाधिक रकम पाएका हुन् । ‘द हन्ड्रेड’ मा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा तीनजना विदेशी खेलाडी राख्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण