शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंकले मनायो आफ्नो नवौं वार्षिकोत्सव

मङ्गलबार, १० मङ्सिर २०७६, १८ : ५६
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौं– सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सव मनाएको छ । बैंकले सो अवसरमा विविध कार्यक्रमहरुको आयोजना पनि गर्यो । बैंकले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा विभिन्न सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरु गरेको छ ।  

–बैंकले सिभिल ट्रेड सेन्टर स्थित मुख्य शाखा सहित अन्य ४१ शाखाहरुमा आज देखि एक महिनाभित्र आयोजना हुने गरी रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
–बैंकका ३६ शाखाहरु मार्फत सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने बैंकले जनाएको छ ।
–व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरिएको छ । त्यसैगरी लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ ।

–बैंकले श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकको निजगढ शाखाको उद्घाटन समारोहमै १ थान प्रिन्टर प्रदान गर्यो ।
–चन्द्रनिगाहपुरमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजारको चेक प्रदान गरेको छ । 
–बैंकले असहाय सेवा केन्द्र नेपाललाई बैंकले दृष्टीवीहिनहरुको लागि १०० थान विशेस छडी प्रदान गर्यो । 

–श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान ।
–बैंकले पुकार डिसएबिलिटि सोसिएल सर्विस, सुरुङ्गा, झापालाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ ।
–त्यसैगरी, नारायण प्राथमिक विद्यालय, विराटनगरका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ ।

निजगढ, चन्द्रनिगाहपुर र दमौली शाखाको उद्घाटन

बैंककै वार्षिकोत्सवको अवसर पारेर बैंकले तीन शाखाहरु निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखा संचालनमा ल्याएको छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए । 

नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटियम संख्या ७६ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप