चिकित्सकलाई ठक्कर दिने चालकविरुद्ध सवारी ऐनअन्तर्गत मुद्दा
काठमाडौं । काठमाडौँको बानेश्वरमा आइतबार बिहान पैदलयात्राका क्रममा चिकित्सकलाई ठक्कर दिएको आरोप लागेका बसका चालकलाई सवारी ऐनअन्तर्गत मुद्दा चलाइएको छ । उक्त दुर्घटनामा बा३ ख ६१४ नम्बरको बसका चालक बुद्धकुमार कोँजुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले उनीविरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी उक्त विषयमा अनुसन्धान थालिएको जानकारी दिए ।
काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा पैदलयात्राका क्रममा गाडीले ठक्कर दिँदा सुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डा प्रभु जोशीको निधन भएको थियो ।
ठक्करपछि गाडीसहित फरार भएका चालकलाई रामेछापबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए । प्रहरीले सीसी टीभी फुटेजका आधारमा गाडीको पहिचान गरेको थियो ।
जोशीको परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएको छ । उक्त सवारी चालकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण