विप्लव समूहका ६ विद्यार्थी पक्राउ
दार्चुला । नेत्रविक्रम चन्द समूह निकटका छ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको विरोध गर्न सदरमुकाम खलङ्गा आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
विरोध कार्यक्रम गर्नुअघि नै प्रहरीले विद्यार्थीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २२ वर्षीय ललित सार्की र पर्शुराम नगरपालिका–५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुङ्गल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर र खप्तड छन्ना गाउँपालिका–८ का २५ वर्षीय सुभास जोशी, दार्चुलाको मार्मा गाउँपालिका–४ का १९ वर्षीय धनसिंह धामी र बाजुराको बूढीगङ्गा नगरपालिका–१० का २१ वर्षीय दीपक रावत छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीका अनुसार उनीहरुका साथबाट रकम माग्न प्रयोग गरिएका रसिदसमेत बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण