स्वास्थ्य बीमा उत्साहः बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी
बुधबार, ११ मङ्सिर २०७६, ०७ : २०
नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि शुरु गरिएको यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रु २ अर्ब ७६ करोड ४६ लाख बीमाशुल्क संकलन भएको छ ।
तर सोही अवधिमा ग्राहकलाई रु ३ अर्ब ६१ करोड १२ लाख दाबी भुक्तानी भएको छ । संख्यात्मक आधारमा स्वास्थ्य बीमामा आम जनताको उत्साहजनक सहभागीता देखिन्छ । साढे ३ वर्षको अवधिमा ४९ जिल्लाका ८ लाख १५ हजार ११६ परिवारले स्वास्थ्य बीमा गरेका छन् ।
हालसम्म यस्तो सेवासुविधा प्रयोग गरेबापत् ७ लाख ८५ हजार ६२९ परिबारले दाबी भुक्तानी लिएको बोर्डले जनाएको छ । यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण