अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान
बुधबार, ११ मङ्सिर २०७६, १३ : ३४
कञ्चनपुर । कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान शुरु गरेको हो । ‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मूल नारासहित हस्ताक्षर अभियान शुरु गरिएको अभियानका संयोजक मदन गिरीले बताए ।
‘भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सञ्चालन गरेका छौँ’, उनले भने, ‘सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ ।’ मङ्गलबारदेखि शुरु अभियानका क्रममा दश हजार बढीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर अभियानमा शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ताले सहभागिता जनाएका छन् । हस्ताक्षर अभियान सुदूरपश्चिम भरी सञ्चालन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण