सौगातलाई तेर्सियो प्रश्न ‘श्रृष्टिसँग विवाह कहिले गर्ने ?’
काठमाडौं । अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री श्रृष्टी श्रेष्ठको प्रेम मिडियामा नलुकेको बिषय हो । त्यसैले उनीहरु जहाँ भेटिन्छन् । त्यहाँ विवाहको प्रश्न तेर्सिने गर्दछ । केही दिन पहिले राजधानीमा आयोजित फिल्म ‘माछा माछा’ को कार्यक्रममा सौगातलाई पत्रकारको पहिले प्रश्न थियो । श्रृष्टिसँग यो बर्ष विवाह हुन्छ ?
श्रृष्टि र आफ्नो यो वर्ष विवाह गर्ने योजना नरहेको अभिनेता सौगातले बताए । श्रृष्टिको परिवारबाट आफुलाई विवाहको दवाव आएको बताएका सौगातले अर्काे वर्ष विवाह हुन सक्ने बताए । ‘श्रृष्टिको बुवाआमाले विवाहका लागि हामीलाई पोहोर नै कर गर्नुभएको थियो’ उनले भने ‘हामीले तत्काल विवाह नगर्ने बताएपछि आफ्नै हिसाबले गर्नु भनेर सल्लाह दिनुभयो ।’ श्रृष्टिसँग ढिलो चाँढो विवाह हुने बताएका सौगातले विवाहको धेरै चिन्ता नलिन सञ्चारकर्मीलाई आग्रह गरे ।
सौगात गत दशैंअघि लन्डन गएर डेढ महिना श्रृष्टीका बुबाआमासँग समेत बसेका थिए । कार्यक्रममा सौगाले फिल्म ‘माछा माछा’ राम्रो विषयमा बनेको फिल्म भएकोले सबैले हेर्नु पर्ने बताए । उनले ‘माछा माछा’ भूमिकालाई सक्दो राम्रो गर्ने प्रयास आफुले गरेको सुनाए ।
अभिनेता सौगात १० महिनाको अन्तरालपछि ‘माछा माछा’ मार्फत दर्शकमा देखिन लागेका हुन् । सिनेमा आर्टको प्रस्तुतिमा नौमति इन्टरटेनमेन्टले निर्माण सहकार्य गरेको फिल्ममा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणि नेपाल, धु्रव कोइराला, वसन्त भट्टलगायतका कलाकारको अभिनय रहेको छ । रामबाबु गुरुङ र दयाहाङ राईको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण