गौशाला स्थित पिङ्गलास्थानमा प्रभु बैंकको शाखा
काठमाडौं– प्रभु बैंक लिमिटेडले यही मंसिर १२ देखि काठमाडौं महानगरपालिका वडा नं. ८ गौशाला स्थित पिङ्गलास्थानमा आफ्नो १९७ औं शाखा सञ्चालनमा ल्याएको छ ।
शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै सदस्य सचिव ढकालले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा पनि शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सेवा दिएको भन्दै धन्यवाद दिए ।
सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै प्रभु बैंकलाई सफलताको लागि शुभकामना दिए ।
पिङ्गलास्थान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण