सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सागको सम्पूर्ण तयारी पूरा

बिहीबार, १२ मङ्सिर २०७६, १६ : ४०
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रि«य खेलकुद परिाषद् (राखेप) ले बिहिबार पत्रकार सम्मेलनगरी सागको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

‘सागको लागि आवश्यक भौतिक संरचना निर्माण पूरा भएका छन् । दशरथ रंगशालाको मर्मत कार्यले बिहिबार रातिसम्म पूर्णता पाउनेछ । सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरी पर्सी शनिबार खेल्नका लागि तयार हुनेछ । पोखरीमा सुक्रबार पानी राखिनेछ । पोखराको रंगशालामा पनि खेल्न सुरु गरिएको छ । निर्माण कार्य धन्न सकियो । ढिला भयो नभन्दिनु होला,’ राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले भने । सिलवालले पाहुनाका लागि आवश्यक तयारी र बन्दोबस्त सबै प्रक्रिया सकिएको पनि बताए ।

यसैगरी विदेशी पाहुना र साग आयोजनाको मुख्य चुनौतीको रुपमा रहेको सुरक्षा ब्यवस्थालाई सहज रुपमा सम्पन्न गरिने सुरक्षा समितिका संयोजक एवं प्रहरी महानिरिक्षक सवेन्द्र खनालले बताए । ‘सागका लागि नेपाल प्रहरी, आर्मी, शसस्त्र प्रहरी र अनुसन्धान सहितको सुरक्षा दस्ता खडा गरिएको छ । ट्राफिक ब्यवस्थापन लगायत पाहुनाको सुरक्षामा हामी कुनै कमजोर हुन दिने छैनौं,’ खनालले भने । खनालले सागको सुरक्षाका लागि विमानस्थल देखिनै विशेष तयारी गरिएको बताए । उनले खेलाडी र पाहुनाका लागि विमानस्थल, समारोह र खेल स्थल, आवास, सपिङ मल, सवारी मार्ग, पार्किङ स्थलमा समेत विशेष सुरक्षा गरिने बताए । भिभिआईपी पाहुनाका लागि आवश्यकात अनुसार कारगेटको ब्यवस्था गरिएको पनि खनालले जानकारी दिए । विभिन्न कारणले सुरक्षाको मुख्य चुनौती रहेको पाकिस्तान र भारतीय खेलाडीलाई विशेष निगरानीका राखिने पनि बताईएको छ ।

सागमा विशेष गरी फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शक शुल्क राखिएको र दर्शकले ई–सेवा मार्फत टिकट किन्न सक्ने ब्यवस्था गरेको छ । मंसिर १५ गते हुने सागको उद्घाटन र २४ गतेको समापनमा जोर र विजोर नम्बर प्लेटको गाली चलाउन आग्रह गरिने पनि बताईएको छ । सागको उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गरिने छ । दक्षिण एसियाली महादेशीय खेल कुम्भमेलाको रुपमा आयोजित सागमा विभिन्न २६ खेल समावेश गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप