पिपरा गाउँपालिकाका उम्मेदवारको घरमा बम विस्फोट
बिहीबार, १२ मङ्सिर २०७६, १७ : १६
काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो ।
विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।
घटनास्थल पिपरा गाउँपालिका वडा नम्बर ३ स्थित पिपरा गाउँ पुगेका रातोपाटीकर्मी किरण कर्णले प्रेसर कुकर बम विस्फोट भएको बताए ।
अहिले घटनास्थलमा सुरक्षाकर्मी पुगेर अनुसन्धान सुरु गरेको महाेत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।
मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ । घटनामा मानवीय क्षति भने भएकाे छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण