देशकै सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पस नौ करोड घाटामा, ११० प्रतिशत शुल्क वृद्धि
शुक्रबार, १३ मङ्सिर २०७६, ०६ : ४७

देशकै सबैभन्दा पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस नौ करोड घाटामा गएपछि क्याम्पस प्रशासनले शिक्षण शुल्क ११० प्रतिशतले बढाएको छ ।
क्याम्पसले १२ वर्षको अन्तरालमा शुल्क समायोजन गरेको जनाएको छ ।
त्रिचन्द्र विज्ञान र मानविकी संकायतर्फको शिक्षण शुल्क बढाएको जनाएको छ । विज्ञान र मानविकी संकायमा बढी आर्थिक भार बढेपछि विद्यार्थीलाई जानकारी गराएरै शुल्क बढाइएको सहायक क्याम्पस प्रमुख जनक ढुंगानाले जानकारी दिए ।
उनका अनुसार गत वर्ष क्याम्पसले १ करोड ६४ करोड लाख रुपैयाँ घाटा बेहोरेको छ । लामो समयदेखि शुल्क समायोजन नहुँदा विद्यार्थीबाट उठेको अधिकांश रकम करारका शिक्षकको तलबमा खर्च भएपछि वृद्धि गरिएको ढुंगानाले बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने