नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जना पक्राउ
काठमाडौँ । नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धादिङको निलकण्ठ नगरपालिका ९ का मधुसुदन दवाडी, चितवनको रत्ननगर नगरपालिका १६ का अमृत खुर्सेली र ओखलढुंगाको रानीवन–७ का सविनकुमार तोलाङ्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
राजधानीको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये दवाडीको साथबाट विभिन्न विद्यालय तथा कलेजको नक्कली प्रमाणपत्र बरामद भएको छ ।
यस्तै अमृतको साथबाट सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हतियार तालिम र विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमणपत्र फेला परेको सीआईबीले जनाएको छ ।
यस्तै विभिन्न व्यक्तिको नामको पासपोर्ट, नेपाल आर्मीले प्रदान गर्ने सिफारिस पत्र पनि बरामद भएको छ ।
यस्तै तोलाङ्गीको साथबाट प्रहरीले लेख्ने सिफारिस पत्र, नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ। उनीहरुको साथ नक्कली प्रमणपत्र बनाउन प्रयोग भएका प्रिन्टर, कम्प्युटर, लेटरप्याड लगायतका सामग्री पनि बरामद भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण