रुसका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता
काठमाडौँ । रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार स्वदेश फर्किएका छन् ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री दिमित्री मतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए ।
त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा संवादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको पनि उनले जानकारी दिए ।
मन्त्री ज्ञवालीले दुईपक्षीय सम्बन्धलाई नविकरण गर्दै व्यापार प्रवर्द्र्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारी समेत दिए ।
त्यस्तै संघाही कोअपरेसन अर्जनाइजेसनको पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न आग्रह गरेको समेत उनले बताए ।
उनले रुससँग विपद्का बेला उद्धारका लागि चाहिने र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको विषयमा छलफल भएको समेत जानकारी दिए।
परराष्ट्रमन्त्री ज्ञवालीले सर्विया औपचारिक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिए ।
परराष्ट्र मन्त्री रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमणका लागि गत शनिबार रुसको राजधानी मस्को प्रस्थान गरेका थिए ।
उनले मंसिर ८ गतेदेखि ११ गते सम्म रुसको र ११ देखि १२ गते सम्म सर्वियाको भ्रमण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण