बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्यात २४ प्रतिशतले बढ्यो, यस्तो छ आयात–निर्यातको तथ्याङ्क

शुक्रबार, १३ मङ्सिर २०७६, १७ : १५
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिमा निर्यात २४ प्रतिशतले बढेको छ । 

 गत वर्षको सोही अवधिमा २९ अर्व २८ करोडको निर्यात गरेको नेपालले यस वर्ष ३७ अर्व २७ करोडको वस्तु निर्यात गर्न सफल भएको हो । 

आर्थिक वर्ष २०७६/७७ को चार महिनाको अवधिमा (कार्तिक मसान्तसम्म) नेपालले ४ खर्ब ५० अर्ब २९ करोडको सामान आयात गरेको छ । गत वर्षको सोही अवधि ४ खर्ब ८३ अर्ब ७५ करोडको सामान आयात भएको थियो । 

यो अवधिमा आयात र निर्यात अनुपात १२.३ देखिएको छ । गत वर्ष भने सोही अवधिमा यो अनुपात १६ दशमलब ५ रहेको थियो ।

यसवर्ष प्रमुख आयातित वस्तुहरुमा डिजेल २९ अर्ब २४ करोड, तयारी कपडा १४ अर्ब ७३ करोड, एम. एस. विलेट १२ अर्ब ७० करोड, पेट्रोल  १२ अर्ब ७७ करोड, एच.आर. सीट ९ अर्ब ७७ करोड, एल पि.जी ग्यास ८ अर्ब ९० करोड, मोवाइल टेलिफोन ८ अर्ब ६२ करोड, औषधी ८ अर्ब ३१ करोड, मोटरसाइकल ८ अर्ब १७ करोड आयात भएको भन्सार विभागले जनाएको छ । 

निर्याततर्फ भने प्रशोधित पाम तेल ७ अर्ब ३६ करोड, सेन्थेटिक यार्न २ अर्ब ७९ करोड, उनी गलैंचा कार्पेट २ अर्ब ६२ करोड, तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल प्रशोधित २ अर्ब २ करोड, अलैची १ अर्ब ४५ करोड, फलफूलको जुस १ अर्ब ३० करोड, चिया १ अर्ब १६ करोड र सल, दोसल्ला र पछ्यौरा १ अर्ब ६ करोडको निर्यात भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप