निर्यात २४ प्रतिशतले बढ्यो, यस्तो छ आयात–निर्यातको तथ्याङ्क
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिमा निर्यात २४ प्रतिशतले बढेको छ ।
गत वर्षको सोही अवधिमा २९ अर्व २८ करोडको निर्यात गरेको नेपालले यस वर्ष ३७ अर्व २७ करोडको वस्तु निर्यात गर्न सफल भएको हो ।
आर्थिक वर्ष २०७६/७७ को चार महिनाको अवधिमा (कार्तिक मसान्तसम्म) नेपालले ४ खर्ब ५० अर्ब २९ करोडको सामान आयात गरेको छ । गत वर्षको सोही अवधि ४ खर्ब ८३ अर्ब ७५ करोडको सामान आयात भएको थियो ।
यो अवधिमा आयात र निर्यात अनुपात १२.३ देखिएको छ । गत वर्ष भने सोही अवधिमा यो अनुपात १६ दशमलब ५ रहेको थियो ।
यसवर्ष प्रमुख आयातित वस्तुहरुमा डिजेल २९ अर्ब २४ करोड, तयारी कपडा १४ अर्ब ७३ करोड, एम. एस. विलेट १२ अर्ब ७० करोड, पेट्रोल १२ अर्ब ७७ करोड, एच.आर. सीट ९ अर्ब ७७ करोड, एल पि.जी ग्यास ८ अर्ब ९० करोड, मोवाइल टेलिफोन ८ अर्ब ६२ करोड, औषधी ८ अर्ब ३१ करोड, मोटरसाइकल ८ अर्ब १७ करोड आयात भएको भन्सार विभागले जनाएको छ ।
निर्याततर्फ भने प्रशोधित पाम तेल ७ अर्ब ३६ करोड, सेन्थेटिक यार्न २ अर्ब ७९ करोड, उनी गलैंचा कार्पेट २ अर्ब ६२ करोड, तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल प्रशोधित २ अर्ब २ करोड, अलैची १ अर्ब ४५ करोड, फलफूलको जुस १ अर्ब ३० करोड, चिया १ अर्ब १६ करोड र सल, दोसल्ला र पछ्यौरा १ अर्ब ६ करोडको निर्यात भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण