पोखरामा फेरि अर्को बम बिस्फोट
शनिबार, १४ मङ्सिर २०७६, ०८ : ४१
पोखरामा फेरि अर्को बम बिस्फोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालय नजिकै बम बिस्फोट भएको हो ।
यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै बम बिस्फोट भएको थियो ।
बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको थियो । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा बम बिस्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै बम बिस्फोट भएको प्रगरीले जनाएको थियो।
बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
घटना कस्ले घटायो भन्ने बारे अझै यकिन हुन सकेको छैन । यो घटनाबाट पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण