सुस्त मनस्थितिका गंगाबहादुर जासुुसीको आरोपमा भारतमा पक्राउ
काठमाडौँ । सुस्त मनस्थितिका एक नेपाली नागरिकलाई भारतमा जासुसीको आरोपमा पक्राउ गरिएको छ ।
गुल्मी घर भएका गंगाबहादुर बोल्न र सुन्न सक्दैनन् । भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सुरक्षाकर्मीका विभिन्न निकायले केही दिन यता उनीसँग सोधपुछ गरिरहेका छन् । उनलाई पाकिस्तानी गुप्तचर एजेन्सी ‘आईएसआई’को एजेन्ट भएको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान थालेको सो अखबारले भारतीय सुरक्षा निकायलाई उद्धृत गर्दै जनाएको छ ।
भारतीय अनुसन्धान ब्यूरोका अनुसार उत्तर प्रदेशको बरेलीबाट उनलाई नियन्त्रणमा लिइएको हो । विगत ८ वर्षदेखि लखनउमा बस्दै आएका उनी गत सेप्टेम्बरदेखि बरेलीमा दैनिक दुई सय रुपैयाँ तिरेर एउटा होटलमा बस्दै आएको बताइन्छ ।
उनको साथबाट दुई वटा मोबाइल फोन बरामद भएको जनाइएको छ । उनी फेसबुक र अन्य सोशल नेटवर्किङ साइटमा समेत सक्रिय रहेको भारतीय सुरक्षाकर्मीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण