सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सागको मार्चपासमा नेपालको झण्डा कमलले बोक्ने

शनिबार, १४ मङ्सिर २०७६, १५ : ०१
शनिबार, १४ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनमा मार्च पासमा नेपालको झन्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । 

नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार हुने उद्घाटन सत्रको मार्च पासमा नेपालको झन्डा कमललाई बोक्न दिने निर्णय गरेको जनाएको छ । 

१३औं साग राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिले यसअघि झन्डा बोक्न कमल सहित क्रिकेटका पूर्व कप्तान पारस खड्का लगायतको नाम सिफारिस गरेको थियो । 

एनओसीले सिफारिस भएको नामबाट कमललाई छनोट गरेको हो । सागको ओलम्पिक फ्लेम ओलम्पियन दीपक बिष्टले बाल्ने छन् । खेलाडीको तर्फबाट सपथ लिनेमा ओलम्पियन आयशा शाक्यलाई छनोट गरिएको छ ।

रेफ्री एवम् ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकको सपथ लिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप