सागको मार्चपासमा नेपालको झण्डा कमलले बोक्ने
शनिबार, १४ मङ्सिर २०७६, १५ : ०१
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनमा मार्च पासमा नेपालको झन्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् ।
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार हुने उद्घाटन सत्रको मार्च पासमा नेपालको झन्डा कमललाई बोक्न दिने निर्णय गरेको जनाएको छ ।
१३औं साग राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिले यसअघि झन्डा बोक्न कमल सहित क्रिकेटका पूर्व कप्तान पारस खड्का लगायतको नाम सिफारिस गरेको थियो ।
एनओसीले सिफारिस भएको नामबाट कमललाई छनोट गरेको हो । सागको ओलम्पिक फ्लेम ओलम्पियन दीपक बिष्टले बाल्ने छन् । खेलाडीको तर्फबाट सपथ लिनेमा ओलम्पियन आयशा शाक्यलाई छनोट गरिएको छ ।
रेफ्री एवम् ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकको सपथ लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण