टेस्ट क्रिकेटमा वार्नरको तेहोरो सतक
काठमाडौँ । अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नर टेस्ट क्रिकेटमा करियरको पहिलो तेहेरो सतक बनाएका छन् ।
पूर्व उपकप्तान समेत रहेका वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा तीन सय रन पूरा गरेका हुन् । वार्नरले तीनसय ८९ बलमा तीन सय रन पूरा गरे ।
वार्नर तीन सय ३५ रनमा अविजित रहे । वार्नर तेहेरो सतक बनाउने अष्ट्रेलियाका सातौं खेलाडी पनि बनेका छन् । वार्नरको तेहेरो सतकसँगै दोस्रो टेस्टको पहिलो इनिङमा अष्ट्रेलियाले तीन विकेटको क्षतिम पाँच सय ८९ रनको उच्च योगफल बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको छ ।
अष्ट्रेलियाका लागि मार्नुसले एक सय ६२ रनको सतकीय इनिङ खेले । म्याथ्यु वेडले अविजित ३८ रन बनाए ।
यसैगरी यसै खेलबाट सर्वाधिक छिटो सात हजार रन पूरा गर्दै नयाँ कीर्तिमान बनाएका पूर्व कप्तान स्टिभ स्मिथ ३६ रनमा आउट भए । पाकिस्तानका शहिन शाह अफ्रिदीले तीन विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण