सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

टेस्ट क्रिकेटमा वार्नरको तेहोरो सतक

शनिबार, १४ मङ्सिर २०७६, १५ : ०४
शनिबार, १४ मङ्सिर २०७६

काठमाडौँ । अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नर टेस्ट क्रिकेटमा करियरको पहिलो तेहेरो सतक बनाएका छन् । 
पूर्व उपकप्तान समेत रहेका वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा तीन सय रन पूरा गरेका हुन् । वार्नरले तीनसय ८९ बलमा तीन सय रन पूरा गरे ।

 वार्नर तीन  सय ३५ रनमा अविजित रहे । वार्नर तेहेरो सतक बनाउने अष्ट्रेलियाका सातौं खेलाडी पनि  बनेका छन् । वार्नरको तेहेरो सतकसँगै दोस्रो टेस्टको पहिलो इनिङमा अष्ट्रेलियाले तीन विकेटको क्षतिम पाँच सय ८९ रनको उच्च योगफल बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको छ ।

 अष्ट्रेलियाका लागि मार्नुसले एक सय ६२ रनको सतकीय इनिङ खेले । म्याथ्यु वेडले अविजित ३८ रन बनाए । 

यसैगरी यसै खेलबाट सर्वाधिक छिटो सात हजार रन पूरा गर्दै नयाँ कीर्तिमान बनाएका पूर्व कप्तान स्टिभ स्मिथ ३६ रनमा आउट भए । पाकिस्तानका शहिन शाह अफ्रिदीले तीन विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप