नेपाल ऐतिहासिक उपाधिको मुखमा, फाइनलमा भारतसँग खेल्ने
काठमाडौं । नेपाली महिला भलिबल टोली १३ औं सागको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो । नेपालले पहिलो सेटमा २५–१४, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २५–२१ को जित निकालेको थियो ।
साग भबिलको नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरको हो । यस जितसँगै नेपालले कम्तिमा रजत पदक पक्का गरेको छ । यो नेपाली भलिबलमा ऐतिहासिक उपलब्धि हो । फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको थियो । नेपाल भारतसँग भने पराजित भएको थियो ।
फाइनलमा नेपालले फेरि भारतसँग प्रतिस्पर्धा गर्नेछ । आइतबारनै भएको अर्को सेमिफाइनल खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको थियो । भारतले माल्दिभ्सलाई २५–१४, २५–६, २५–१७ को सेटमा हराएको हो । फाइनल खेल मंगलबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण