लिभरपुलको इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो पकड
भर्जिल भान डाइकले दुई गोल गरेसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो पकड जमाएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले ब्राइटन एन्ड होभ अल्बियोनलाई २–१ गेलले हरायो ।
जितसँगै साविक उपविजेता लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी र लेस्टर सिटीमाथि ११ अंकको अग्रता बनाएको छ । लिभरपुलले १४ खेलबाट ४० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ । एक खेल कम खेलेको लेस्टर सिटी २९ अंक सहित तेस्रो स्थानमा छ । लिभरपुलसँग हार खेपेको ब्राइटन १५ अंक सहित १५औं स्थानमा छ ।
लिभरपुलले १८औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट अग्रता लिएको थियो । २४औं मिनेटममा अर्नाेल्डकै पासमा भान डाइकले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा रक्षात्मक रणनिति अपनाएको लिभरपुलविरुद्ध ब्राइटनले ७९औं मिनेटमा एक गोल फर्काएको थियो । ब्राइटनका कप्तान लेविस डंकले गोल गरे । यसअघि ७६औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । एडम वेवस्टेरको प्रहारलाई डिबबक्स बाहिर ह्यान्ड गरेपछि गोलरक्षक एलिसन बेकर रातो कार्ड पाउँदै बाहिरिएका थिए । अन्तिममा दबाब झेलेको लिभरपुलले जित निकाल्न भने सफल भयो ।
शनिबार रातिनै भएको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । अर्को खेलमा चेल्सी घरमै वेस्टहाम युनाइटेडसँग १–० गोलले पराजित भयो । टोट्टनहामले बर्नमाउथलाई ३–२ गोलले स्तब्ध बनायो । अर्को खेलमा क्रिस्टल प्यलेसले बर्नलीलाई २–० गोलले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण