नवजात शिशुको २८ वटा हड्डी तोडेर बुवाले लिए ज्यान, १६ वर्षको जेल सजाय

एक पिताले आफ्नो नवजात शिशुलाई यति बेस्सरी हल्लाए कि बालकको २८ वटा हड्डी भाँच्चिएको छ । घटनाको केही समयपछि उपचारको क्रममा बालकको मृत्यु भएको छ । अनुसन्धानको क्रममा आरोपी पिताको अनलाइन सर्च हिस्ट्री भेटियो । पिताले अनुुसन्धान गरेका थिए, ‘मैले आफ्नो बच्चालाई निकै बेस्सरी समातेँ जसका कारण उसको शरीरमा दाग देखिएको छ । के तपाईंले कहिले आफ्नो बच्चा राइरहेका बेला दुर्घटनावश चोट पुर्याउनुभएको छ ?’
घटना ब्रिटेनको केन्टको हो । एक स्थानीय अदालतले नोभेम्बर २९ मा दोषी पिता ली वर्नन (२१) लाई आजीवन कारावासको सजाय सुनाए । उनले कम्तीमा १६ वर्ष जेलमा बिताउनुपर्नेछ ।
(Image: Kent Police)
पिताले गत वर्ष जुलाईमा आफ्नो बच्चाको टाउकोमा गम्भीर चोट पुर्याएका थिए । घटनापछि लण्डनको हस्पिटलमा बच्चाको मृत्यु भएको थियो । पिता आफैंले इमर्जेन्सी सर्भिसका लागि फोन गरेका थिए । इमर्जेन्सी सर्भिसका एजेन्टसँग पिताले बच्चाको अवस्थाबारे आफू अनभिज्ञ भएको बताएका थिए ।
पुलिससँगको सोधपुछमा वर्ननले बच्चा आफ्नो हातबाट दुर्घटनावश फुत्किएको र भुइँमा खस्नुअघि सोफाको काठमा बेस्सरी ठोक्किएको बताए ।
पछि पुलिस सोधपुछमा पिताले दिएको बयान र मेडिकल रिपोर्टले भिन्न भिन्न कहानी बताइरहेको थियो । डाक्टरका अनुसार हस्पिटल ल्याउनुभन्दा अघि कम्तीमा दुई पटक बच्चालाई चोट पुर्याइएको थियो ।
एक पुलिस अधिकारीका अनुसार यो भावनात्मक रुपमा गहिरो र निकै जटिल केस थियो । तर मेडिकल एक्सपर्टको मद्दतले पुलिसले अनुसन्धान पूरा गर्न सक्यो । अदालतसामू पितालाई कडाभन्दा कडा सजाय दिने माग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालयको दुई दिने पुस्तक मेलामा ६० प्रतिशतसम्म छुट दिने
-
आयोग पदाधिकारीका लागि सर्च कमिटीमा धमाधम अन्तर्वार्ता, पहिलो दिन ११ जनाको सकियो
-
जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक
-
८० प्रतिशत दलित महिला बलात्कारपछि मारिन्छन्
-
बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
-
‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’