खो खोमा नेपालको विजयी सुरुवात
आइतबार, १५ मङ्सिर २०७६, १५ : १८
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको पुरुषमा नेपालले विजयी सुरुवात गरेको छ । किर्तिपुरमा आइतबारदेखि सुरु भएको खेलमा नेपालले बंगलादेशलाई २१–१९ अंकले हराएको छ । जितसँगै नेपालले तीन अंक बनाएको छ । खो खोमा नेपालले पहिलो पटक बंगलादेशलाई पराजित गरेको हो ।
नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले चार–चार अंक बनाएका थिए । नेपालले दोस्रो खेल सोमबार भारतसँग खेल्नेछ । आइतबार नै भएको अर्को भारतले श्रीलंकालाई २१–८ अंकले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण