शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

खो खोमा नेपालको विजयी सुरुवात

आइतबार, १५ मङ्सिर २०७६, १५ : १८
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको पुरुषमा नेपालले विजयी सुरुवात गरेको छ । किर्तिपुरमा आइतबारदेखि सुरु भएको खेलमा नेपालले बंगलादेशलाई २१–१९ अंकले हराएको छ । जितसँगै नेपालले तीन अंक बनाएको छ । खो खोमा नेपालले पहिलो पटक बंगलादेशलाई पराजित गरेको हो ।

नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले चार–चार अंक बनाएका थिए । नेपालले दोस्रो खेल सोमबार भारतसँग खेल्नेछ । आइतबार नै भएको अर्को भारतले श्रीलंकालाई २१–८ अंकले हराएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप