मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पिपरा गाउँपालिकामा राजपा पराजित, नेकपाले बाजी मार्यो

आइतबार, १५ मङ्सिर २०७६, १७ : ४०
आइतबार, १५ मङ्सिर २०७६

जनकपुर । यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाले विजय हासिल गरेको छ । 

कडा प्रतिस्पर्धाका बीच नेकपाका उम्मेदवार विक्रम चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । 

 उनका निकटतम् प्रतिद्वन्द्वी  समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ३८ मत प्राप्त गरिन् । 

त्यस्तै राजपा नेपालका उम्मेदवार रविता कुमारी चौधरीले २ हजार ९ सय ८४ मत प्राप्त गरिन् ।

राजपा नेपालको आधार क्षेत्रको रुपमा रहेको पिपरा गाउँपालिकामा पराजयसँग सो पार्टीलाई धक्का पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप