ट्यूनिसिया बस दुर्घटनामा २२ को मृत्यु, कैयौँ घाइते
आइतबार, १५ मङ्सिर २०७६, २३ : ११
ट्यूनिस । ट्यूनिसियामा स्वदेशी पर्यटक बोकेको बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आइतबार भएको उक्त घटनामा करिब दुई दर्जन व्यक्ति घाइते भएका छन् ।
ट्यूनिसियाको गृह मन्त्रालयले आइतबार दिएको जानकारीमा घटनाको पुष्टि गर्दै भनिएको छ, “ट्यूनिसियाको हिमाली ऐन स्नाउसी क्षेत्रमा करिब ४५ जना आन्तरिक पर्यटक बोकेर गएको बस सडकबाट चिप्लिएर एक खोलामा खस्दा २२ जनाको मृत्यु भएको छ भने करिब दुई दर्जन व्यक्ति घाइते भएका छन् ।”
देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या केही बढ्न सक्ने स्थानीय अस्पताल स्रोतले बताएका छन् । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण