पाँचतारे होटलमा वेटर थिए यी अभिनेता, ४४ वर्षको उमेरमा पाए पहिलो फिल्म
बलिउडमा हुन त आजकाल नयाँ नायक नायिकाको प्रवेशमा होडबाजी नै छ । तर यीमध्ये निकै कमले मात्रै मानिसको मनमा राज गर्न सक्छन् । यस्तै एक अभिनेता छन् बोमन इरानी । बोमन आज आफ्नो ६० औं जन्मदिन मनाइहेका छन् । उनको जन्मदिनको मौकामा आज हामी तपाईंलाइ उनीसँग सम्बन्धित केही रोचक जानकारी दिँदै छौं । सुन्दा अचम्म लाग्ला तर एक समय यस्तो थियो जब उनी बलिउडमा आउनै चाहँदैनथे । उनी पाँचतारे होटलमा वेटरको काम गर्दथे । यसबारे उनी आफैंले जानकारी दिएका हुन् ।
बोमन इरानीले आफ्नो जीवनसँग जोडिएका विभिन्न कुरा राज्यसभा टिभीको च्याट शो गुफ्तगूमा सेयर गरेका थिए । उनका अनुसार फिल्ममा आउनु अघि उनी फेशन फोटोग्राफी गर्थे । यद्यपि, उनी थिएटरमा पनि काम गर्दथे तर उनी नायक भने बन्न चाहँदैनथे जसकारण उनले थुप्रै फिल्मको अफर अस्विकार गरे ।
बोमनले बताए अनुसार उनी खासै राम्रा विद्यार्थी होइनन् जसका कारण स्कूलको पढाई पूरा भएपछि उनीसँग खासै विकल्प थिएनन् । त्यसकारण उनले आफूले शानदार काम गर्न सक्ने क्षेत्र रोज्ने निश्चित गरे । त्यसकारण उनले तालिम लिएर पाँचतारे होटलमा वेटर बने । दुई वर्षसम्म काम गरेपछि उनले पसल पनि चलाए । उनलाई फिल्महरु हेर्न निकै रुचीसमेत भएको उनले बताए । पसल बन्द गरेपछि उनी धेरैजसो फिल्म हेर्न पुग्थे ।
यस्तै, उनले ३२ वर्षको उमेरमा फोटोग्राफी सुरु गरे । फोटोग्राफीकै क्रममा उनले ४४ वर्षमा त्यो फिल्म पाए जसले उनलाई बलिउडको सुपरस्टार बनाइदियो र त्यो फिल्म थियो राजकुमार हिरानीको ‘मुन्नाभाइ एमबीबीएस’ । यद्यपि, उनी फिल्ममा आउन चाहँदैनथे किनभने उनी आफूलाई फोटोग्राफरको रुपमा स्थापित गर्न चाहन्थे तर फिल्म निर्माता विनोद चोपडाको आग्रहमा उनले फोटोग्राफीबाट १४ दिनको छुट्टी लिएर ‘मुन्नाभाइ एमबीबीएस’ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण