देखिएन सिके राउतको ‘जनमत'को जनमत : ९ उम्मेदवार, मत ५ सय पनि कटेन
काठमाडौँ । उपनिर्वाचनमा प्रदेश २ मा पुराना दलबाहेक आकर्षणको केन्द्रमा थियो, सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) ।
केही समयअघिसम्म तराई–मधेशलाई नेपालबाट अलग गर्नुपर्ने अभियानमा लागेका राउत मूलधारको राजनीतिलाई स्वीकार गर्दै यसपटक चुनावी मैदानमा उत्रिएका थिए । यो निर्वाचन उनले उठाएका मुद्दालाई कति जनसमर्थन प्राप्त छ भन्ने परीक्षणका रुपमा हेरिएको थियो ।
जनमत पार्टी गठन गरी ‘लाउडस्पीकर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राउतले ९ जना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको थिए । तर, कुनै पनि उम्मेदवारहरुले सन्तोषजनक मत ल्याउन सकेनन् । कोही उम्मेदवार त झन् शुन्य मतमा सिमित बनेका छन् ।
यस्तो छ जनमत पार्टीले ल्याएको मत :
बलवा नगरपालिका – २ महोत्तरी
बिरेन्द्र कुमार साह – २२३
गढीमाई नगरपालिका – २ रौतहट
राधेश्याम साह बनिया – १२
बलवा नगरपालिका – ८ महोत्तरी

फुलकुमारी देवी – ९
बारागढी गाउँपालिका – १ बारा
शंकर प्रसाद चौधरी – ३
पिपरा गाउँपालिका अध्यक्ष – महोत्तरी
अंजनीदेवी मण्डल – ०
हरिपूर्वा नगरपालिका – १ सर्लाही
दिनेश राय यादव – ५२
कल्याणपुर नगरपालिका – १२ सिरहा
मो. अताउल रहमान – १६०
छिन्नमस्ता गाउँपालिका – ११ सप्तरी
दिनेशकुमार यादव – ११
धनपालथान गाउँपालिका – २ मोरङ
चनरादेवी मण्डल – १

के भन्छन् राउत ?
जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनको परिणामलाई उत्साहजनक भन्दै स्वीकार गरेका छन् । पहिला आफ्ना पार्टीका ६ जनासमेत नभएको स्थानमा ६०० मत हासिल गरेको भन्दै उनले उपनिर्वाचनमा आफ्नो पार्टीले ल्याएको परिणामलाई स्वीकार गरेका हुन् ।
सोमबार आफ्नो फेसबुक पेजमा उनले आफूहरु अग्रगतिमा रहेको जनाएका हुन् । उनले भनेका छन्, ‘के पिपरामा मनोनयनको एक महिना अघिसम्म हाम्रा पक्षमा ६ जना खुलेर आउने अवस्था थियो ?’ पिपराको कुनै वडा र टोलमा आफ्नो पार्टीको स्थानीय समितिसमेत नरहेको अवस्थामा उपनिर्वाचनमा आएको मत उत्साहजनक रहेको उनको भनाइ छ ।
उनले पार्टीको सदस्यता वितरण, समिति निर्माणजस्ता गतिविधिलाई प्राथमिकतामा राखेर दैनिक रुपमा मेहनत गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण