प्रियंकाले निकलाई विवाहको पहिलो वर्षगाँठमा भनिन्, ‘मलाई खोजेकोमा धन्यवाद’
बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरेको आज एक वर्ष पूरा भएको छ । पहिलो वर्षगाँठमा प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन् ।
प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको फोटो पोष्ट गर्दै लेखिन्, ‘मेरो वचन.. त्यतिबेला..आज...सधैंका लागि । तिमीले मलाई आनन्द, सन्तुलन, उत्साह, जोश...सबै कुरा एकैपटक दियौ । मलाई खोजेकोमा धन्यवाद । पहिलो वर्षगाँठको शुभकामना श्रीमान् । साथै, हरेक ती व्यक्तिलाई धन्यवाद जसले हामीलाई प्रेम र आशिर्वाद दिनुभयो । हामी अत्यधिक खुसी छौं ।’
मनैदेखि प्रेम गर्छु तिमीलाईः
निक जोनसले पनि आफ्नो सोसल मिडिया अकाउन्टमा क्रिश्चियन वेडिङको तस्बिर सेयर गरेकी छिन् । साथै उनले लेखेका छन्, ‘एक वर्षअघि हामी सधैंका लागि एक अर्काको भयौं । म तिमीलाई मनैदेखि प्रेम गर्छु प्रियंका, विवाहको वर्षगाँठको शुभकामना ।’
प्रियंका चोपडालाई माराकेच इन्टरनेशनल फिल्म फेस्टिबलले उनको उपलब्धिलाई सम्मानित गर्ने घोषणा गरेका छ । यो सम्मान ऐतिहासिक स्थल जेमा एल फना स्क्वायरमा दिइनेछ । कुनै भारतीय सेलिब्रिटीलाई उक्त फेस्टिबलमा व्यक्तिगत रुपमा सम्मानित गरिएको यो पहिलो घटना हुनेछ । यस्तै निक जोनर र जोनस ब्रदर्सको गीत ‘सकर फर यू’ पनि ग्रामी अवार्डस् २०१९ को क्याटगरी विशेषमा नोमिनेट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण