सिद्धबाबालाई अस्पतालमै राखेर अनुसन्धान गर्न अदालतको आदेश
सोमबार, १६ मङ्सिर २०७६, १४ : ४४
काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत, सुनसरीले ४ दिन म्याद थप गरेको छ ।
सोमबार अदालतले गिरीमाथि थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीलाई अनुमति दिएको हो ।
बलात्कारको आरोप लागेलगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई प्रहरीले सोमबार बिहानै ५ बजे पक्राउ गरेर हिरासतमा राखिएको थियो ।
गिरी शनिबार विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमा भर्ना भएका थिए । अदालतले म्याद थप गरेपछि प्रहरीले उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगेको छ ।
गत कात्तिक ४ मा उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
