आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धबाबालाई अस्पतालमै राखेर अनुसन्धान गर्न अदालतको आदेश

सोमबार, १६ मङ्सिर २०७६, १४ : ४४
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत, सुनसरीले ४ दिन म्याद थप गरेको छ । 

सोमबार अदालतले गिरीमाथि थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीलाई अनुमति दिएको हो । 

बलात्कारको आरोप लागेलगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई प्रहरीले सोमबार बिहानै ५ बजे पक्राउ गरेर हिरासतमा राखिएको थियो । 

गिरी शनिबार विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमा भर्ना भएका थिए । अदालतले म्याद थप गरेपछि प्रहरीले उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगेको छ । 

गत कात्तिक ४ मा उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप