‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’सम्बन्धी प्रशिक्षण सुरु
काठमाडौँ । नेपालका विभिन्न सरकारी निकायका २१ अधिकारीहरुलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम आजबाट भारतको फरीदाबादस्थित नेशनल एकेडेमी अफ कस्टुम, इन्डाइरेक्ट ट्याक्सेस एन्ड नारकोटिक्समा सञ्चालन भइरहेको छ ।
भारत सरकारको पूर्ण सहयोग रहेको उक्त प्रशिक्षण ‘भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग’ अन्तर्गत सञ्चालन गरिएको जनाइएको छ । नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य कार्यक्रमको छ ।
विभिन्न कार्यक्रमअन्तर्गत नेपालका विभिन्न नियामक निकायहरुका कूल ६० अधिकारीहरुलाई तालिम दिइने जनाइएको छ ।
यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलामा क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
यसअघि नेपाली अधिकारीका दुई ब्याचले भारतमा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण