सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सागमा नेपालले जित्यो ९ स्वर्ण (विजेताको नामावलीसहित)

सोमबार, १६ मङ्सिर २०७६, १५ : ५२
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा अहिलेसम्म नेपालले ९ वटा स्वर्ण जितेको छ । सोमबार नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरको छ ।  

नेपालका लागि भर्खर करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराए । यससँगै करातेमा नेपालको चार स्वर्ण पदक जितेको छ । सोमबारनै नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो ।

नेपालका स्वर्ण पदक विजेता

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला)

कराते (टिम काता, पुरुष)

कराते (५५ केजी) – लक्ष्मण तामाङ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

ट्रायथलोन – सोनी गुरुङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप