कामना सेवा विकास बैंकको १०४औं शाखा ललितपुरको सानागाउँमा
ललितपुर– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा १०४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिँदै आफूले सक्दो सहयोग गर्ने बताए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे ।
बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण