पूर्वराजा शाहद्वारा रुपन्देहीको पर्रोहा धामको दर्शन
बुटवल । प्रदेश– ५ का विभन्न शक्तिपीठको दर्शनका लागि साताव्यापी भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाममा पूजाआजा गरेका छन् ।
आइतबारदेखि सुरु भएको साताव्यापी भ्रमणका क्रममा दोस्रो दिन आज (सोमबार) पूर्वराजा शाह रुपन्देहीको कोटिहवास्थित होटेल टाइगर प्यालेसबाट आफै कार चलाएर पर्रोहा मन्दिर पुगेका हुन् ।
उक्त मन्दिरमा रहेको ज्योतिर्लिङ्गलाई स्वयम् उत्पत्ति भएको विश्वास गरिन्छ । पूवराजा शाहको स्वागतका लागि रानिबगिया चोकमा र मन्दिर पुग्ने बाटोमा सयौंको संख्यामा उनका पक्षधर फूल मालासहित जम्मा भएर बसेका थिए ।
राष्ट्रिय झण्डासहित पूर्वराजा शाह र कोमलका तस्वीर अंकित ब्याच र शिव सेना नेपालको पहेंलो रंगको ज्याकेटमा उपस्थित उनीहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाएका थिए । मन्दिर पुगेपछि पवूराजा शाहलेले करिब २५ मिनेट पुजाआज गरेका थिए ।
पूजाआजापछि उनी सैनामैनाकै मुर्गिया बजार हुँदै रूपन्देहीको तिलोत्तमास्थित टाईगर प्यालेस रिसोर्ट फर्केका छन् । मुर्गिया बजारमा समेत सयौंको संख्यामा उपस्थित सर्वसाधारणले उनलाई स्वागत गरेका थिए । उनलाई पुष्प गुच्छा दिन, हात मिलाउन र फोटो खिच्न सर्वसाधारणबीच ठेलमठेल भएको थियो । उक्त भीड सम्हाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।
पूर्वराजा शाह १७ गते रुपन्देहीको मर्चवारस्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगेको पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्हीस्थित पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण