एनएमबीलाई जर्मन आइएसओ २७००१ः २०१३ प्रमाणपत्र
मङ्गलबार, १७ मङ्सिर २०७६, १६ : २३
काठमाडौं । एनएमबी बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः २०१३ प्रमाणपत्र पाएको छ । बैंकले आफ्नो कार्य प्रणालीलाई व्यवस्थित र सुरक्षित गरेको आधारमा टभ राइल्यान्ड प्रमाणपत्र प्राप्त गरेको हो । आईएसओ प्रमाणपत्र पाएसँगै एनएमबीराइल्यान्डबाट प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक भएको छ ।
डाटा तथा सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनमा बैंक उत्कृष्ट देखिएकाले सोे प्रमाणपत्र प्रदान गरिएको राइल्यान्डले बताएको छ ।
टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्ट गटफ्रिद फरम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई आईएसओ प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । निरीक्षण सेवा र आईएसओ प्रमाणिकरणमा विश्व मान्यता प्राप्त राइल्इान्ड १४५ वर्ष पुरानो र अग्रणी संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण