५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर
मङ्गलबार, १७ मङ्सिर २०७६, १८ : १३
१
काठमाडौं । सरकारले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयका अनुसार भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका छन् भने पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन सरुवा भएका छन् । त्यस्तै चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन् भने गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुर पुगेकी छिन् ।
त्यस्तै अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन् भने लमजुङका सीडीओ डा.डिजन भट्टराई अध्यागमन विभागमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई