प्रचण्डको नेतृत्वमा सचिवालय बैठक सुरु
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
औपचारिक रुपमा पार्टीको कार्यकारी भूमिका पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बसेको हो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सचिवालयका ६ सदस्य सहभागी छन् ।
सचिवालयका ९ सदस्यमध्ये पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ अस्पताल भर्ना भएका कारण बैठकमा अनुपस्थित रहेका हुन् । बैठकमा सचिवालय सदस्यद्वय झलनाथ खनाल र ईश्वर पोखरेल पनि अनुपस्थित छन् । वरिष्ठ नेता खनाल राजधानी बाहिर रहेका कारण बैठकमा अनुपस्थित रहे पनि उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल सहभागी नहुनुको कारण खुल्न सकेको छैन ।
बैठकमा उपनिर्वाचन परिणामको समीक्षा लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बैठकलाई जानकारी गराएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण